परिचय
राष्ट्रिय वाणिज्य बैंक (RBB) ले कोरिया स्थित कोरिया एक्सचेन्ज बैंक (KEB) संग सम्झौता गरी रेमिटान्स सेवा सञ्चालन गरिरहेको छ । मित्र राष्ट दक्षिण कोरियाबाट सजिलो, सुरक्षित, छिटो, भरपर्दो तथा सुलभ दरमा नेपालमा पैसा पठाउन चाहनेहरुको लागि उक्त सेवा संचालन गरिएको हो । यस सुविधा अन्र्तगत कोरिया एक्सचेन्ज बैंक (KEB) को कुनै पनि शाखाबाट पठाएको पैसा नेपाल स्थित राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि शाखाबाट तुरुन्त प्राप्त गर्न सकिने छ ।
राष्ट्रिय वाणिज्य बैंकमा नै किन पैसा पठाउने ?
(१) सरकारी बैंक भएकोले पैसा पठाए पछि ढुक्क हुन सकिने ।
(२) यस बैंकका शाखाहरु देशभरि रहेकोले गाउँ घरमा नै पैसा प्राप्त गर्न सकिने ।
(३) सामान्य शुल्कमा पैसा पठाउन र पाउन सकिने ।
(४) प्रचलित सटही दरमा भुक्तानी पाइने ।
(५) विना झन्झट, समयमै रकम पाउन सकिने ।
विदेशबाट पैसा पठाउनलाई के के गर्ने ?
(१) आफ्नो खातामा पैसा पठाउनको लागि राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि शाखामा आफ्नो नाममा खाता खोल्ने र सो खाता नम्बर (१२ अंकको) लिएर जाने । सोही खातामा जम्मा हुनेगरी पैसा पठाउने ।
(२) यदि नेपालमा रहेका अरु कसैलाई पैसा पठाउनु छ भने उसको नाममा खाता खोली वा खोल्न लगाई सोही खातावालाको नाम ठेगाना, खाता नम्बर (१२ अंकको) र शाखाको नाम ठेगानामा पैसा पठाउने ।
विदेशबाट पैसा पठाउदा के के विवरण खुलाउने ?
(१) पैसा पठाउनेको नाम थर र ठेगाना ।
(२) नेपालमा भुक्तानी पाउनेको नाम थर र ठेगाना र बैंकको खाता नम्बर (१२ अंकको)
(३) पैसा जम्मा हुने बैकको शाखा कार्यालयको नाम र ठेगाना ।
Mailing Address
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-425-2595,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: intlbkng@rbb.com.np
Call Centre
Phone No: +977-1-5970018
Quick Links